प्रधानमन्त्री देउवासँग भारतीय सेना प्रमुख मनोज पाँडेको भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका भारतीय सेनाप्रमुख मनोज पाँडेले प्रधानमन्त्री शेर बहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ । 

मंगलबार अपरान्ह पाँडेले प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्नुभएको हो ।  पाण्डेले आजै पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम  रहेको छ ।

उहाँलाई सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीबाट सुशोभित गर्नुभएको थियो । नेपाल र भारतले एक अर्काका सेनाध्यक्षलाई मानार्थ महारथीको उपाधि दिने चलन छ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ४ : ४१ बजे