यतिवेला नेकपा–एमालेबाहेकका सबै दल सत्ता राजनीतिमा केन्द्रित छन् । एमाले त सत्तारुढ छदैछ । ती दलको प्राथमिकता नै प्रधानमन्त्री केपी शर्मा ओलीको निरन्तरता वा बर्हिगमनसँगमात्र देखिन्छ । र, त्यसका लागि ती दलको शीर्ष नेतृत्व सकेसम्मको प्रयासमा लागेको छ । त्यसमा पनि शेरबहादुर देउवावाहेकका सबै पूर्वप्रधानमन्त्री ओलीलाइ देखाइदिने असफल प्रयासमा छन् । उनीहरुले घरेलुमात्र होइन, वाह्य पक्षको समेत हस्तक्षेप खोजेको यसअघि सार्वजनिक भएकै हो । भारतको पक्षमा ‘कम्फरटेवल’ सरकार बनाउने प्रचण्ड प्रयास जारी छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकिकृत रहोस् भन्ने चाहना र प्रयास असफल भएपछि बेइजिङ फेरी पुरानै शान्त कूटनीतिमा फर्केको छ ।
प्रधानमन्त्री ओलीको निरन्तरता वा बर्हिगमन वा नयाँ सत्ता समिकरणमा मूल्त दुइ पवृति छन् । सत्ताको चरमोत्काँक्षा र त्यसबाट आकस्मिक अनपेक्षित रुपमा भूईमा बजारिंदा एकछिन सत्ताप्रति चरम निराशा पैदा हुन्छ । आफ्ना लागि सत्ता प्राप्ती सम्भव छैन भनेपछि अरुलाई सत्ताच्यूत र सत्तारोहण गराउँदा पनि सन्तुष्टी नै प्राप्त हुन्छ शायद । पूर्वप्रमहरुको यस्तै पींडा अहिले देखिएको छ । नेपाली राजनीतिनै अहिले ओलीको वरीपरी केन्द्रित छ । एउटा भाष्य नै निर्माण भएको छ – गर्ने ओलीले हो, अरुले त प्रतिक्रियामात्र व्यक्त गर्ने हो । ओलीले त गर्न सकेनन् भने अरुले के गर्लान ।’ ओलीलाई काम गर्न नदिएको हो, दिएको भए धेरै काम गर्न सक्थे भन्ने धारणा सर्वसाधरणको देखिन्छ ।
दुश्मनी सोच
ती दुइ प्रवृति बिश्लेषण गरौं । पहिलो, ओलीलाई सत्ताबाट हटाउनुमै आफ्नो सफलता ठान्छ । आफ्नो पार्टी आकारमा सिमितहुँदै गरेकोमा पश्चताप र पींडा छैन, बरु ओलीलाई हटाउन नसकेर भक्कानिएको छ । पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, बाबुराम भट्टराइ र उपेन्द्र यादवहरु आफ्नो पार्टी बिस्तारमा होइन, ओलीको प्रभाव आंकलनमा बढी समय खर्चनुहुन्छ । पार्टी बिस्तारित हुन्छ र जनमतद्वारा सत्ताको नेतृत्व गर्छु भन्ने विश्वास उहाँहरुमा देखिदैंन । शायद, सक्रिय ओलीविनाको राजनीतिमा आफ्नो अलिकित भविश्य देख्नुभयो कि, त्यसैले त्यता लाग्नुभयो ।
कवि मनु मञ्जिलको एउटा चर्चित कविता छ– दुश्मन । त्यो दुश्मनले आफ्नो अस्तित्व अस्वीकार गर्छ र बिरोधीको चियोचर्जोमा सम्पूर्ण जीवनै समाप्त पार्छ । उक्त कविताले भनेजस्तो प्रचण्ड, नेपाल, भट्टराइ र यादवहरुले ओलीलाइ मात्र यति बिघ्न सम्झिनुभयो कि उहाँहरुले आफ्नै रहर र सपना भुल्नुभयो । अर्को अर्थमा, आफ्नो रहर र सपनानै ओलीको बिस्थापनमा पुरा हुने ठान्नुभयो । उता, ओली भने आफ्नै रहर र सपना भुलेर यति बिघ्न सम्झने दुश्मन पाएर शायद दंग हुनुहुन्छ । किनकी त्यसले उहाँलाई अघि बढ्न उर्जा दियो । उहाँहरुको विरोधलाई ओलीले आफ्नो शक्ति ठान्नुभयो । पार्टीभित्र र बाहिरको बिरोधको अभियान थालेपछि ओलीले गरेका कामको सुचीले त्यो प्रमाणित गर्छन् ।
त्यसोत राजनीतिमा स्थायी दुश्मन हुँदैन तर अस्थायी दुश्मनबिरुद्ध अमैत्री, बिचारहिन र स्वार्थी गठवन्धन चाँही बन्दोरहेछ । प्रचण्डको बारम्बारको कारवाही, ‘रअ’ एजेण्ट भएको आरोप, नीति आफ्नो, नेतृत्व प्रचण्डको भन्दै स्थायी अध्यक्षसँग लड्न नसकेर भगौडा हुनुभएका बाबुराम अहिले प्रचण्डसँग चोचोमोचोमा हुनुहुन्छ किनकी ओली हटाउने प्रधान एजेण्डामा संगै देखिनुभएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा प्रचण्ड र बाबुरामबीच भएको वार्ता त्यसको एउटा प्रमाण हो ।
कवि मनु मञ्जिलको एउटा चर्चित कविता छ– दुश्मन । त्यो दुश्मनले आफ्नो अस्तित्व अस्वीकार गर्छ र बिरोधीको चियोचर्जोमा सम्पूर्ण जीवनै समाप्त पार्छ । उक्त कविताले भनेजस्तो प्रचण्ड, नेपाल, भट्टराइ र यादवहरुले ओलीलाइ मात्र यति बिघ्न सम्झिनुभयो कि उहाँहरुले आफ्नै रहर र सपना भुल्नुभयो । अर्को अर्थमा, आफ्नो रहर र सपनानै ओलीको बिस्थापनमा पुरा हुने ठान्नुभयो । उता, ओली भने आफ्नै रहर र सपना भुलेर यति बिघ्न सम्झने दुश्मन पाएर शायद दंग हुनुहुन्छ । किनकी त्यसले उहाँका देश विकासका सपनालाई अघि बढ्न उर्जा दियो । उहाँहरुको विरोधलाई ओलीले आफ्नो शक्ति ठान्नुभयो । पार्टीभित्र र बाहिर बिरोधको अभियान थालेपछि ओलीले गरेका कामको सुचीले त्यो प्रमाणित गर्छन् ।
तर ओलीलाई किन बिस्थापित गर्नुपर्छ भन्ने तथ्य र तर्क दिन नसक्दा उनीहरुको सामुहिक र संगठित प्रयासलाइ नागरिकले अस्वीकृत गरिदिएका छन् । उनीहरु आफ्नो विगतको समिक्षा गर्न चाहँदैनन्, पार्टी र सत्ताको नेतृत्वमा रहँदाको कार्यकालसमेत स्मरण गर्न चाहँदैनन् किनकी त्यसोगर्दा ओली थप प्रभावी र शक्तिशाली हुने त्रासदीले च्याप्छ ।
प्रचण्डले माओवादी केन्द्रको हैसियत बिर्सेर माधव नेपालसहितको शक्तिका भरमा शायद आफू ओली वरावरी भएको भ्रम पाल्नुभयो । भ्रम त भ्रम नै थियो, त्यसले दिने निश्कर्ष त्यस्तै भ्रमपूर्ण रह्यो । माधव नेपालले ४३ मतले मात्र हारेको अध्यक्ष, प्रचण्डसँग मिल्दा धेरेमतको अध्यक्ष हुने ठान्दै त्यसको दावी गर्नुभयो । पछि कार्की बैक्वेटमात्र अध्यक्ष बन्ने उहाँको सपना पुरा भयोपनि । प्रधानमन्त्री र अध्यक्षका रुपमा ओलीको विकल्प आफूहरु रहेको प्रमाणित गर्न प्रचण्ड र माधवले सक्नुहुन्नथ्यो । परिणाम स्वभाविक भयो । किनकी विकल्प व्यक्तिको व्यवस्थापन होइन, विकास र समृद्धिको उपयुक्त नेतृत्व हो, जो ओलीभन्दा कमजोरमात्र छन् ।
रणनीतिक लाभ
दोश्रो, सत्ताबाट हटाएमात्र हुँदैन, प्रत्यक्ष लाभ पाउनुपर्छ भन्ने प्रवृति छ । त्यसको अर्थ प्रधानमन्त्रीका रुपमा ओलीको निरन्तरताबाट आफू र आफ्नो पार्टी वा समुहलाई राजनीतिक लाभ हासिल हुन्छ भने तयार हुनुपर्छ भन्ने हो । कांग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका नेताहरु महन्थ ठाकृर र राजेन्द्र महत्तो, खासगरी पूर्व राजपा पक्ष । पार्टीगत दृष्टिकोणबाट हेर्दा, अर्को सरकार बन्न नसक्ने अवस्था कायम गरिरहँदा ओलीले नै गराउने मध्यावधि निर्वाचनबाट सबैभन्दा बढी राजनीतिक फाइदा कांग्रेसलाई हुन्छ । रामचन्द्र पौडेलहरुले यो बुझ्नुभएको होला, शायद देउवालाई थप अनकूलता हुन्छ भन्ने पूर्वानुमानमा यतातर्फ अनिच्छुक देखिनुभयो ।
कांग्रेसको चैत २० मा भएको बैठकमा प्रधानमन्त्रीको राजिनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार बनाउने प्रस्ताव देउवाले राखेको भन्ने सार्वजनिक भएको छ । शायद, प्रचण्ड, बाबुरामहरुको माग पुरा गरेर बल उतैतिर फर्काइदिनुभएको हुनसक्छ । कांग्रेसले निर्णय लियो, अव तपाइहरुको निर्णय आउनुपर्छ भनेर परिक्षण गर्नुभएको हुनसक्छ ।
तर देउवाले भनेजस्तो राजिनामा प्रधानमन्त्री ओलीबाट आउँदैन । ओली हट्दामात्र बिजयोत्सव मनाउन चाहने प्रचण्ड, माधव,बाबुराम र उपेन्द्रहरुले देउवालाइ प्रधानमन्त्री बनाउन सक्छन् तर त्यसबेला पाँच बर्ष पुगेपछिमात्र निर्वाचन भन्ने शर्तमा देउवाले हस्ताक्षर गर्नुपर्छ । जुन रणनीतिक रुपमा कांग्रेसको विपक्षमा हुन्छ । कम्युनिष्ट बिभाजित भएका बेला सकेसम्म छिटो निर्वाचन कांग्रेसको पक्षमा हुन्छ । रात रहे अग्राख पलाउँछ भन्ने देउवाले बुझ्नुभएकै हुनुपर्छ ।
उता, महन्थ ठाकुर र राजेन्द्र महतो आफ्ना तीन मुख्य मागसहित प्रधानमन्त्री र एमालेसँग वार्तामा मात्र हुुनुहुन्न, सहकार्यको सकारात्मक वातावरण निर्माण हुँदैछ । त्यस्तै, जेलमा रहेका सांसद रेशमलाल चौधरीको रिहाइका लागि सरकार र आन्दोलनरत् समुहबीच पनि बेग्लै वार्ता टोली गठन भएर पहिलो चरणको वार्ता सम्पन्न समेत भइसकेको छ । ओलीबिरोधी गठवन्धनमा जाँदा उपेन्द्र बाबुराम हाबी हुने र मागसमेत पुरा नहुने तर ओलीसँग गठवन्धन बनाउँदा आफ्नो समुह हाबी हुने र एजेण्डा पनि संवोधन हुने महन्थ र राजेन्द्र पक्ष अर्थात् पूर्व राजपाको सोच देखिन्छ । यो तार्किक छ । जसपामा महन्थ र राजेन्द्र पक्ष हावी छ ।
यी दुइ राजनीतिक प्रवृतिबिच ओलीबिरुद्ध चाल्न सक्ने सबै कदममा प्रचण्ड पूर्णत् असफल हुनुभएको छ । नेकपा नाम विवादको सर्वोच्च निरुपणपछि पुनरावेदनमा जानुभएका प्रचण्डलाई सर्वोच्चले लालबत्ती देखाएपछि फेरी रन्थरिनु भएको छ । ओलीलाइ हटाउनु जीवनकै एक मिसन बनाउनु भएका प्रचण्ड फेरी ओलीलाइ समर्थन गरिरहन बाध्य हुनुहुन्छ । नैतिकताको राग अलाप्नेले लाजगाजले पनि नैतिकता प्रदर्शन गर्नुपर्दैन ?
उता, एमालेबाट निलम्वित माधव नेपाल र उहाँको पछि लागेका नेताहरु ओलीलाई हटाउन फेरी अदालतको अवहेलना भएको भन्दै सर्वोच्चमा जाने तयारीमा हुनुहुन्छ । चैत २० मा फागुन २३ को फैसला कार्यान्वयन नभएको भन्दै मुद्दा दायर गर्नेवारे छलफल भएको सार्वजनिक भयो । एकातिर, पार्टीले कारवाही गरेपछि पनि समानान्तर गतिविधि गरिरहने र अर्कातिर, मुद्दामामिलामा लाग्ने कार्यले पनि कुनै अनुकूल परिणाम आउने सम्भावना छैन ।
माधव समुहसँगको विकल्प कारवाही सहेर तोकिएको समय गुजार्दै एमाले राजनीति गर्ने वा नयाँ पार्टी गठन गर्नेबाहेक अर्को देखिदैंन । प्रचण्डसँग एकता गर्न पनि पहिला नयाँ पार्टी गठन गरी एकता गर्दा एउटा अध्यक्ष बन्न माधव नेपाल पाउनुहुन्छ, नत्र बराबरको हैसियत प्राप्त हुँदैन । समानान्तर कमिटी बनाएर निर्वाचनताका मोलाहिजा गर्दै मिलौला भन्दा अव सम्भव देखिदैंन । किनकी त्यसबेला समय धेरै ढिलो भइसक्छ ।
काममार्फत् जवाफ
अव ओलीको जवाफ हेरौं । अरु अन्यौलमा छन् तर प्रधानमन्त्री ओली अभियानमा हुनुहुन्छ । जवजव पार्टीभित्र प्रचण्ड र माधवले अफ्ठ्यारो पार्नुभयो, ओली झन बढी सक्रिय हुनुभयो । जव पार्टीभित्रैबाट उहाँको राजिनामा माग्न थालियो, विरोधका वावजुद ओली झन विकास राजनीतिमा केन्द्रित हुनुभयो । ओलीले उद्गारको राजनीतिमात्र गर्नुभएन, ‘एक्सन’कै राजनीति गर्नुभयो । कृष्णप्रसाद भट्टराइको बाचा ओली सरकारको पालामा पुराभयो, मेलम्चीको पानी काठमाडौं आयो । चैत २० राष्ट्रपति बिद्यादेबी भण्डारीले उद्घाटन गर्नुभयो । चैत २१ मा देशभरका १६५ वटा सडक सञ्जालको शुभारम्भ प्रधानमन्त्री ओलीले गर्नुभयो ।
यी तीन बर्षमा देशभित्रको सबै खालको सम्पर्क सञ्जाल बिस्तार भएको छ भने अन्तरदेशीय सम्र्पक सञ्जालमा उल्लेखनीय सफलता हासिल भएको छ । त्यसैको पछिल्लो प्रमाण हो– बंगलादेशसँग भएको तेश्रो देशसँगको व्यापार पारवहन समझदारी । पार्टीभित्रको अवरोधले रोकिएका संवैधानिक निकायका नियुक्तिदेखि विकास परियोजनाहरु धमाधम अघि बढे । नेपालको स्वार्थलाई केन्द्रमा राख्दै छिमेकी सम्वन्ध अघि बढ्यो । कोरोना महामारीबिरुद्धको युद्धमा नेपालको आग्रह मानेर र आफ्नो दायित्व सम्झेर भारत र चीनले शुरुदेखि खोप उपलब्ध गराउनेसम्मका सहयोग गरे । प्रधानमन्त्रीका रुपमा ओलीले पुरा समय देशको विकासमा लगाएको हासिल भएका उपलब्धीबाटै पुष्टी हुन्छ ।
आलोचनालाइ कामबाटै जवाफ दिएका कारण ओलीप्रतिको आकर्षण युवामा पनि बढेको देखिन्छ, प्रबुद्ध नागरिकमा छदैथियो । ओलीसँग अहिले पनि जनताका बिचमा लिएर जाने थुप्रै एजेण्डा छन्, जुन उपलब्धीलाइ प्रचण्ड र माधवले नैतिक रुपमा पनि राजनीतिक एजेण्डा बनाउन सक्नुहुन्न किनकी उहाँहरुले सरकारले केही गर्न नसकेको भन्दै राजिनामै माग्नुभयो । अन्य राजनीतिक दलका हकमा पनि यो लागू हुन्छ किनकी नभएको प्रतिगमनसँग मतदातालाई कुनै चासो छैन । राजिनामा माग्नेलाई चैत २१ मा ओलीको जवाफ छ– पहिला, समर्थन फिर्ता लिनुहोस्, त्यसपछि आउँछ ।त्यसैले अरु अन्यौलमा छन्, ओलीसँग अभियानमात्र छ ।
प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार १० : ०३ बजे
प्रतिक्रिया