मोटरसाइकल दुर्घटना हुँदा बारामा एक जनाको मृत्यु

बारा । बाराको कलैया उपमहानगरपालिका–२३ कोईरीया टोलमा गए राती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । 

दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार स्थानीय ३२ वर्षीया हजरा खातुन रहेकी छन् । 

गम्भीर घाइते भएकी उनको उपचारका क्रममा कलैया प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।  

बिरगञ्जबाट कलैयातर्फ आउँदै गरेको ना २४ प १३९४ नम्बरको मोटरसाइकल गए राती सवा ९ः०० बजे अनियन्त्रित भई पल्टिएको थियो । 

 

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  १० : ५६ बजे