राष्ट्रपतिले भारतीय स्थल सेनाध्यक्षलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज नेपाल भ्रमणमा रहनुभएका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुहुने भएको छ । 

राष्ट्रपति भवन शीतल निवासमा एक कार्यक्रमको आयोजना गरी आज भारतीय स्थल सेनाध्यक्षलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने नेपाली सेनाले जनाएको छ । 

नेपालको पाँच दिने भ्रमणको सिलसिलामा भारतीय स्थल सेनाध्यक्ष पाण्डे आइतबार काठमाडौँ आउनुभएको हो । 

उहाँ प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणमा पाँच सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आउनुभएको हो  । 

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  १० : ३९ बजे