बाढीको स्थितिमा सुधार

इरान रुससँग एसयु–३५ लडाकु विमान किन्न इच्छुक

तेहरान – रुसबाट एसयु-३५ लडाकु विमान खरिद गर्ने कार्य इरानी वायुसेनाको एजेन्डामा रहेको इरानी वायुसेनाका कमाण्डर हमिद वाहेदीले आइतबार बताएका छन्।

एसयू–३५ लडाकु विमान खरिद गर्ने अन्तिम निर्णय इरानी सेनाको कमाण्ड र सशस्त्र बलका जनरल स्टाफ कमाण्डले गर्ने वाहेदीले इरानको बोर्ना समाचार एजेन्सीलाई दिएको अन्तर्वार्तामा बताएका छन् ।

गत महिना पश्चिमी  सञ्चार माद्यमले इरानले आफ्नो मानवरहित हवाइ वाहनहरू रूसी एसयु-३५ बहुउद्देश्यीय लडाकु विमानहरूसँग साटासाट गर्न खोजिरहेको  बताएका थिए ।

रासस-सिन्ह्वा

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ९ : ४६ बजे