‘एउटै नाउरको सिकार गर्न २३ लाख’

सात दिनभित्र मनोरञ्जन कर तिर्न क्यासिनेहरूलाई काठमाडौं महानगरको सूचना

​​​​​​​काठमाडौं । काठमाडौं महानगरले सात दिनभित्र महानगरभित्रका सबै क्यासिनोलाई बाँकी मनोरञ्जन कर चुक्ता गर्न सूचना जारी गरेको छ। महानगरले आज एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

बागमती प्रदेश आर्थिक ऐनअनुसार क्यासिनाे प्रवेश गर्ने ग्राहकबाट मनोरञ्जन कर लिनुपर्ने व्यवस्था गरेको र महानगरले सोही अनुसार क्यासिनोहरूलाई पटक पटक कर तिर्न आग्रह गर्दै आएको थियो । तर, क्यासिनेहरूले २०७५/७६ देखि कर तिरेका छैनन् । 

महानगरका अनुसार डेल्टिन क्यासिनो होटल, म्यारियट, क्यासिनो प्यालेस, अन्नपुर्ण होटल, क्यासिनो याट, याडिसन होटल, प्राइड इन्टरटेनमेन्ट एण्ड रिक्रीएसन, हायात होटल, माजोन इन्टरटेनमेन्ट, होटल सोल्टी, बाल्को क्यासिनो, होटल एलफ्ट र बेली क्यासिनो, मल्ल होटलले मनोरञ्जन कर तिरेका छैनन् । 

सात दिनभित्र कर नतिर महानगरपालिकाको राजस्व ऐन, ०७५ बमोजिम कारवाही गरी सरकारी बाँकी सरह बाँकी कर असुलउपर गरिने जनाएको छ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ४ : ४२ बजे