बर्दिया । बढैयाताल गाउँपालिका–३ का वडाअध्यक्ष लल्लन यादवविरुद्ध जबर्जस्ती करणी गरेको आरोपमा जाहेरी परेको छ ।
इलाका प्रहरी कार्यालय मैनापोखरमा एक महिलाले जबर्जस्ती करणी गरेको भन्दै जाहेरी दिएको हुन् ।
वडाअध्यक्ष यादव जाहेरी दर्ता हुनासाथ फरार रहेका छन् । उनको मोबाइल स्वीच अफ भएको र उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय मैनापोखरले जानकारी दिनुभयो ।
प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार ४ : १९ बजे
प्रतिक्रिया