जबराले आरोप लगाएकाहरुमाथि छानबिन गर्न विशेष समिति गठनको तयारी

काठमाडौं ।  संसदको महाभियोग सिफारिस समितिले न्याय क्षेत्रका विशेषज्ञहरूसहितको छुट्टै विशेष समिति बनाउने तयारी गरेको छ ।

समितिका सदस्यसमेत रहेका सांसद प्रमोदकुमार साहका अनुसार निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा मुछेका व्यक्तिहरूसँग पनि सोधपुछ गर्नुपर्ने हुनाले विशेषज्ञको टिम गठन गर्ने तयारी भएको हो । 

निलम्बित प्रधानन्यायाधीश जबरासँग महाभियोग सिफारिस समितिले लिएको बयान ११औँ प्रश्नमा पुगेर तेस्रो दिन आइतवारका लागि स्थगित भएको छ । जबरालाई सोध्न समितिले ४३ वटा प्रश्न तयार पारेको छ । जबराले सत्तासिन दलको स्वार्थमा आफुलाई महाअभियोग लगाइएको भन्दै पोल खोलिरहनुभएको छ । 

 

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ३ : १० बजे