लिङ्देनले सासंद पदबाट आजै राजिनामा दिने, भने संसदको म्याद लम्ब्याउनु खाेज्नु निर्लज्जता

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिने हुनुभएको छ । 
चुनावको मिति घोषणा भइसकेपछि पनि संसदको आयु लम्ब्याएर तलब भत्ता खाने निर्लज्ज अभ्यास हुन लागेको भन्दै उहाँले राजीनामा दिन लागनुभएको हो ।  लिङ्देनले आज सदनमा बोलेर राजीनामा दिने र अबदेखिका बैठकमा सहभागी नहुने बताउनुभएको छ ।

लिङ्देनले बर्तमान सरकारले संसदको म्याद फागुनसम्म लैजानेगरी कानून  संशोधन गर्न खोजिको भन्दै त्यो निर्लज्जताको पराकाष्ठ भएको बताउनुभयो । 
सरकारले संसदको म्याद फागुनसम्म रहनेगरी कानून संशोधन गर्न विधेयक पेस गरिसकेको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  २ : ०९ बजे