जबराको तेस्रो दिनको बयान सुरू

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको तेस्रो दिनको बयान सुरू भएको छ । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले आज पनि सिंहदरबारस्थित कार्यालयमा उहाँको बयान लिन सुरु गरेको छ ।

महाभियोग प्रस्ताव दर्ता भएपछि ६ महिनादेखि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले बुधबारदेखि बयान लिन सुरु गरेको हो  ।

गत फागुन १ मा सत्तारूढ दलका ९८ सांसदले जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराउनुभएको थियो । प्रतिनिधिसभाले यो प्रस्तावलाई प्रक्रियामा लगेर टुंग्याउनुको सट्टा थाहै नपाएजस्तै गरेको थियो ।

६ महिनापछि गत साउन २२ मा मात्र यो प्रस्ताव महाभियोग सिफारिस समितिमा पठाएको थियो । त्यसपछि पनि यो समिति निष्क्रियजस्तै थियो ।

पहिलो र दोस्रो दिनको बयानका क्रममा जबराले महाभियोगको प्रतिवाद गर्दै  प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेपछि परेको रिटको सुनुवाइ गर्न इजलास गठन गर्नै नदिइएको  र बर्तमान सत्तासिन नेताहरुले न्यायधीसलाई प्रभावमा पारेर फैसल्ला गराएको बताउनुभएको थियो । सत्तारुढदलले भ्रष्टचारका मुद्दाका नेताहरु बचाउन आफुमाथि महाअभियोग लगाएको उहाँले बताउँदै आइरहनुभएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  १२ : ३९ बजे