बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनकाे मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवासायी महासंघकाअनुसार आइतबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको  छ । शुक्रबार छापावाल सुनको मूल्य ९३ हजारमा कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य तोलामा ९३ हजार एक सय रुपैयाँ रहेको छ । शुक्रबार प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । गत साताको शुक्रबार तोलामा ११ सय पाँच रुपैयाँ रहेको चाँदी आज पाँच रुपैयाँले बढेको हो । यससँगै आज प्रतितोला ११ सय १० रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ११ : ५० बजे