कपिलवस्तुमा गुडिरहेको मोटरसाइकलबाट खसेर एक जनाको मृत्यु 

कपिलवस्तु । कपिलवस्तुको बिजयनगर गाउँपालिका–७ जुगनियामा शनिवार बेलुकी गुडिरहेको मोटरसाइकलबाट खसेर एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार काठमाडौँ घर भई हाल कृष्ण नगर भन्सार कार्यालयमा कार्यरत कार्यालय सहयोगी ३५ वर्षीय राम सेवन थारु रहेका छन् । 

भारतीय नम्बरको मोटरसाइकलमा सवार रहेका थारु शनिवार बेलुकी ७ बजे अचानक खसेका थिए । 

मोटरसाइकलबाट खसेर घाइते भएका थारुको उपचारको क्रममा बहादुरगन्जस्थित शिवराज अस्पतालमा बेलुकी पौने ८ बजे मृत्यु भएको हो । चालकलाई इलाका प्रहरी कार्यालय गणेशपुरले नियन्त्रणमा लिएको छ ।

 

 

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  १० : १६ बजे