एमाले खोटाङ प्रदेशसभा ‘ख’ मा दंगाल र ‘क’ मा चार जनाको दाबी 

खोटाङ ।  आगामी मङ्सिर ४ गते हुनै प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा एमाले खोटाङ उम्मेदवार टुङ्ग्याउने कसरतमा जुटेको छ । 

आज सम्ममा उम्मेदवार सिफारिसको काम टुङ्गिने एमाले जिल्ला सचिव कुमार आचार्यले बताउनुभयो। 

हालसम्म प्रदेश ‘ख’मा प्रत्यक्षतर्फ रामप्रसाद दंगालको मात्र दाबी परेको छ । यस्तै, प्रदेश ‘क’मा प्रत्यक्षतर्फ देवविक्रम राई, सर्वधन राई, लीलानाथ निरौला र अनिसा खनालले दाबी प्रस्तुत गर्नुभएको छ। 

प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ विशाल भट्टराई, खगेन्द्र राई, उषाकला राई, रमेश पौडेल, पाँचकर्ण (पिके) राई, राजन ढकाल र देवान राईको दाबी रहेको सचिव आचार्यले बताउनुभयो । 

प्रस्तुत दाबीमाथि ‘सर्टलिष्ट’ गर्दै उम्मेदवार सिफारिस गर्ने एमालेले जनाएको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको नाम पनि आज र नै टुङ्ग्याइने उहाँले जानकारी दिनुभयो । 

 

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ७ : ३७ बजे