‘एउटै नाउरको सिकार गर्न २३ लाख’

अब सिडिओको सिफारिस बिना हुम्लामा चामल नपाइने

हुम्ला । पर्याप्त खाद्यान्न नहुँदा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले खाद्यान्न बिक्री बन्द गरेको छ । अति आवश्यक काममा प्रमुख जिल्ला अधिकारीको सिफारिस बाहेक अन्य नियमित गरिने बिक्री वितरण अर्का सूचना नहुँदासम्मका लागि स्थगित गरिएको निमित्त शाखा प्रमुख नवीनप्रसाद आचार्यले बताए ।

जिल्लाभरि रहेका डिपो र बिक्री केन्द्रमा चामल सकिएको र सिमकोट शाखामा मौज्दात कम भएपछि जिल्लाभरि बिक्री वितरण बन्द गरिएको हो । ठेकेदारले सबै चामल ढुवानी नगर्दा चामल खाद्यान्न आपूर्तिमा समस्या देखिएको हो ।

चालु आर्थिक वर्षमा कम्पनीको सिमकोट शाखाका लागि स्थलमार्गबाट चार हजार र हवाईमार्गबाट १० हजार क्विन्टल गरी १४ हजार क्विन्टल स्वीकृत भएको छ भने जिल्लाका सात गाउँपालिकाका विभिन्न स्थानमा रहेका नौ वटा बिक्री केन्द्र ताँजाकोटको छप्रेला बिक्री केन्द्रका लागि एक हजार, श्रीनगर केन्द्रका लागि दुई हजार पाँच सय, देउली बिक्री केन्द्रका लागि पाँच सय, सर्केगाड बिक्री केन्द्रका लागि दुई हजार, खार्पुनाथ बिक्री केन्द्रका लागि एक हजार, याल्वाङ केन्द्रका लागि पाँच सय र लिमी केन्द्रका लागि पाँच सय गरी हुम्ला जिल्लामा लागि २० हजार पाँच सय क्विन्टल चामल चामल ढुवानी स्वीकृत छ । 

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  ५ : ५६ बजे