साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

बाँकेको नरैनापुरमा आगलागी हुँदा झण्डै १ सयभन्दा बढी घर जलेर नष्ट

बाँके । बाँकेको नरैनापुरमा भिषण आगलागी हुँदा झण्डै १ सयभन्दा बढी घर जलेर पुर्णरुपमा नष्ट भएका छन् । बाँकेको नरैनापुरमा गाउँपालिका–४ खोदाँवामा शनिबार अपराह्न आगलागी हुँदा झण्डै १ सयभन्दा बढी घर जलेर नष्ट भएको हो । 

आगलागीमा परेर सोही गाउँका मिश्रीलाल पासी र उनको श्रीमतीसहित तीन जना घाइते भएको बाँकेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो । उहाँले विभिन्न ठाउँबाट आगलागी नियन्त्रणका लागि ५ वटा दमकलको प्रयोग गरिएको जानकारी दिंदै प्रजिअ कुरुम्वाङले घरबार विहीनहरुलाई टेन्टमा बासको व्यवस्थापन मिलाइरहेको बताउनुभयो ।

 आगलागी हुने बित्तिकै नरैनापुरको एउटा र नेपालगन्जका दुई वटा दमकल पुगेका थिए । थप एम्बुलेन्स पनि व्यवस्था मिलाएर आगो नियन्त्रणमा ल्याइएको उहाँले बताउनुभयो ।   

शनिबार अपराह्न साढे तीन बजेतिर लागेको आगो राति १ बजे पूर्णरुपमा निभाइएको थियो ।   आगलागीबाट करोडौंको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

 

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  ८ : ३९ बजे