सुनको भाउ तोलामा एक सयले घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको भाउ तोलामा एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक सय रुपैयाँले घटेर ९३ हजार रुपैयाँ कायम भएको छ । 

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको मुल्य एक हजार १०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकोे छ ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ११ : ४० बजे