सिद्धार्थ राजमार्गको डाइभर्सनमा पनि पहिरो खसेपछि यातायात आवागमन फेरि अवरुद्ध

रुपन्देही । सिद्धार्थ राजमार्गको हिउँदे खोलामा बनाइएको डाइभर्सनमै पहिरो खसेपछि यातायात आवागमन फेरि ठप्प भएको छ ।

सिद्धार्थ राजमार्ग अन्तरगत तिनाउ गाउँपालिको हिउँदे खोलामा सडक भाँसिदा पाल्पा बुटवल सडक खण्ड अवरुद्ध भएपछि गएरातिबाट डाइभर्सन निर्माण सुरु गरिएको थियो ।

डाइभर्सन निर्माण सकिए लगत्तै गए राति दुई ठाउँमा पहिरो खसेपछि सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ । सडक बन्द भएपछि यात्रुहरू अलपत्र परेका छन् । 

अहिले निरन्तर पानी परेका पानी रोकिएपछि मात्रै सवारी सञ्चालन गर्ने गरी काम गरिने सडक डिभिजन पाल्पाले जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ९ : ०१ बजे