राष्ट्रियसभा बैठक बस्दै, नागरिकता विधेयक पास होला ?

काठमाडौँ । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठकमा नागरिकता विधेयकमाथि छलफल हुने छ । 

राष्ट्रपतिबाट पुनः विचारका लागि फिर्ता भई प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफल  बिहीबारबाट छलफल सुरु भएको थियो ।

तर छलफलमा भाग लिन नाम उपलब्ध गराउने सांसदको बोल्ने क्रम नसकिएकाले आजका लागि बोलाइएको हो । बैठक भदौ १७ गते शुक्रवार अपराह्न २ः५९ बजे बस्ने गरी बिहीबारका लागि स्थगित भएको थियो । 

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ८ : ३९ बजे