महाभियोग प्रस्ताव गर्ने सांसदले छानबिन गर्न मिल्दैन, स्वार्थ बाझिन्छ : निलम्बित प्रधानन्यायाधीश जबरा

काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाभियोग प्रस्ताव गर्ने सांसदहरुले छानबिन गर्न नमिल्ने बताएका छन् ।

बिहीबार सिंहदरबारमा महाभियोग सिफारिस समितिको बैठकमा उपस्थित भई बयान दिने क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाभियोग प्रस्ताव गर्ने सांसदहरु समितिमा बसेर छानबिन गर्दा स्वार्थ बाझिने तर्क गरेका हुन् ।  ‘आफैंले महाभियोग प्रस्ताव गर्ने, आफैं छानबिन गर्ने, निर्णय पनि आफैं गर्ने? यो प्राकृतिक न्यायको सिद्धान्तविपरीत हुन्छ' उनले भने।

जबराले भने – ‘महाभियोग प्रस्ताव गर्ने सांसदहरू नै समितिमा हुनुहुन्छ'। महाभियोग प्रस्ताव गर्ने सांसदहरू नै समितिमा रहेको भन्दै उनले निष्पक्षताको प्रश्न समेत उठाएका छन् ।

महाभियोग सिफारिस समितिकी सदस्य सांसद रेखा शर्माले आधार र प्रमाणका आधारमा छानबिन हुन्छ र समितिले निष्पक्ष रूपमा छानबिन गर्ने बताएकी छिन् ।

महाभियोग निष्क्रिय भइसक्यो र संसदको सम्मानका लागि मात्रै आफू आएको राणाले बताएका छन् ।

 निलम्बित प्रधानन्यायाधीश जबराविरूद्ध सत्तारूढ दलले २१ आरोपसहित गत फागुनमा महाअभियोग प्रस्ताव संसदमा दर्ता गराएका थिए।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहिबार  २ : ३९ बजे