बाढीको स्थितिमा सुधार

वेस्ट बैंकको झडपमा दुई प्यालेस्टिनीको मृत्यु

रमल्लाह । इरायलले कब्जा गरेको वेस्ट बैंकमा प्यालेस्टिनी र  इजरायली सेनाबीच छुट्टाछुट्टै झडप भएको छ  ।  बिहीबार बिहान भएको यस झडपमा परी दुई प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

नाब्लसको अल–ऐन शिविरका २५ वर्षीय समेर खालेदको घाँटीमा गोली लागेको र जेरुसेलम बाहिर कलान्डिया क्याम्पका २६ वर्षीय याजान अफानाको छातीमा गोली लागेर मृत्यु भएको मन्त्रालयले जनाएको छ ।  यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् । 

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहिबार  २ : १३ बजे