काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको छ ।
बिहिबार छापावाल सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेर ९३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो बुधबार छापावाल सुनको मूल्य प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेर प्रति तोलामा ११ सय रुपैयाँ कारोबार भइरहेको छ ।
प्रकाशित मिति : १६ भाद्र २०७९, बिहिबार १२ : ३० बजे
प्रतिक्रिया