सत्ता गठबन्धन सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

काठमाडौँ । सत्ता गठबन्धन सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ११ः०० बजे  सिट बाँडफाँट कार्यदलको बैठक बस्न लागेको हो । 

आजको बैठकले सिट बाँडफाँटबारे एउटा ठोस निष्कर्ष दिने सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँड लगायतका विषयमा छलफल गर्न बुधवार पनि सत्ता गठबन्धन दलको बैठक बसेको थियो । बुधवारको बैठक छलफल सहमति नजिक रहेको र आजको छलफलबाट राजनीतिक निर्णय गरिने मन्त्री कार्कीले जानकारी दिनुभयो । 

आगामी निर्वाचनका लागि सिट बाँडफाँट टुङ्गो लगाउन गठन सत्ता गठबन्धनले कार्यदल गठन गरेको थियो । तर कार्यदलले सिट बाँडफाँटलाई टुङ्गोमा पुर्‍याउन सकेको छैन । 

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहिबार  ८ : २८ बजे