निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रको बयान आज पनि हुँदै

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान आज पनि हुँदै छ । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले जबराको बयान लिइरहेको छ । 

बुधवार समितिले सिंहदरबार चोलेन्द्रको बयान लिएको थियो । तर बयान नसकिएपछि उहाँको आज पनि बयान हुने काँग्रेस सांसद मीन विश्वकर्माले जानकारी दिनुभयो । 

समितिले जबरालाई सोध्न ४३ वटा प्रश्न तयार गरेको थियो तर बुधवार उहाँले ४ वटा प्रश्नको मात्र जवाफ दिनुभएको छ  । बयानका क्रममा जबराले आफूमाथिको महाभियोग प्रस्ताव नै अवैध रहेको तर्क गर्नुभएको थियो । 

उहाँले आफूमाथि प्रतिशोधका आधारमा महाभियोग लगाइएको जिकिर गर्नुभएको थियो । बुधवार निलम्बित प्रधानन्यायाधीश जबराले चार घण्टा बयान दिनुभएको थियो ।

 

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहिबार  ७ : ३५ बजे