नागरिकता विधेयक : प्रचण्डसँगको भेटमा राष्ट्रपति भण्डारीको चासो 

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाउनुभएको नागरिकता विधेयक जस्ताको तस्तै आउने संकेत देखिएपछि सत्तारुढ माओवादी केन्द्रका नेतासँग चासो राख्नुभएको छ । 

राष्ट्रपति भवन शीतल निवासमा बुधबार अध्यक्ष प्रचण्डसहित माओवादी केन्द्रका नेताहरुसँगको भेटमा राष्ट्रपति भण्डारीले नागरिकता विधेयकबारे चासो राख्नुभएको हो । 

दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि आएको नागरिकता ऐन संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेकय २०७९ लाई राष्ट्रपति भण्डारीले केही संशोधनको आवश्यकता औँल्याउनुहुँदै सुझाव र सन्देशसहित फिर्ता पठाउनुभएको थियो । 

तर, प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित गरिसकेको र राष्ट्रिय सभाबाट पनि हुबहु पारित भई फेरि प्रमाणीकरणका लागि उक्त विधेयक आउने भएपछि राष्ट्रपति भण्डारीले दलका शीर्षनेतासँग छलफल गर्नुभएको हो । 

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ६ : ०० बजे