‘नेशनल डे कन्सर्ट’ सम्पन्न

५६औँ अन्तरराष्ट्रिय जातिभेद उन्मूलन दिवस मनाइयो

काठमाडौं ।  जातिवादविरुद्ध युवा, जातीय हिंसा र छुवाछूतविरुद्ध हामी’ भन्ने मल नारासहित आज देशभर विभिन्न कार्यक्रम गरी ५६औँ अन्तरराष्ट्रिय जातिभेद उन्मूलन दिवस मनाइएको छ । 

दिवसको अवसरमा आज पदयात्रासहित बृहत सभाको आयोजना गरिएको थियो । संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति, दलित गैरसरकारी संस्था महासङ्घ, संयुक्त दलित जातीय सङ्घर्ष समिति र जागरण मिडिया सेन्टर लगायतका सङ्घरसंस्थाले आयोजना गरेको पदयात्रा टुडिखेल परिक्रमा गरी वसन्तपुरमा कोणसभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै सङ्घीय समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अधिकारको निम्ति दलित समुदायका नेताले पार्टीभित्र, संसद् र सडकमा सङ्घर्ष गर्नुपर्ने बताउनुभयो । 

नेपाली कांग्रेसका नेत्री पुष्पा भुसालले प्राप्त उपलब्धीलाई संस्थागत गर्दै दलित समुदाय एकजुट हुँदै थप अधिकारको निम्ति थप सङ्घर्ष गर्नुपर्नेमा जोड दिनुभयो । 

सन् १९६० मार्च २१ का दिन दक्षिण अफ्रिकाको सार्पभिल्ले भन्ने स्थानमा रङ्गभेदी कानूनविरुद्ध भएको एक शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरीले गोली चलाउँदा ६९ जना आन्दोलनकारी मारिएका थिए र ६०० भन्दा बढीलाई घाइते भएका थिए । त्यो दुःखान्त घटनाको सम्झनामा संयुक्त राष्ट्रसङ्घले सन् १९६६ मार्च २१ को दिनलाई रङ्गभेद उन्मूलनको अन्तर्राष्ट्रिय दिवसको रुपमा घोषणा ग¥यो । दिनलाई विश्व रङ्गभेद दिवसको रुपमा मनाइँदै आए पनि नेपालमा भने यो दिनलाई जातिभेद उन्मूलन दिवसको रुपमा मनाइँदै आइरहेको छ ।

योभन्दा अघि संयुक्त राष्ट्रसङ्घीय महासभाले २१ डिसेम्बर १९६५ मा सबै प्रकारका जातीय विभेद उन्मूलन गर्ने अन्तर्राष्ट्रिय महासन्धि पारित गरी हस्ताक्षरका लागि सबै देशलाई आह्वान गरेको थियो । यो ४ जनवरी १९६९ देखि लागू भएको थियो । 

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ९ : ३० बजे