६ घण्टापछि सञ्चालनमा आयो नारायणगढ –मुग्लिन सडक 

चितवन । पहिरो हटाएपछि नारायणगढ –मुग्लिन सडक ६ घण्टापछि सञ्चालनमा आएको छ । 

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज बिहान २ बजेर ३५ मिने जाँदा भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित केराबारीमा पहिरो गएपछि दुईतर्फी सडक अवरुद्ध भएको थियो । 

प्रहरी चौकी जुगेडीबाट गएको प्रहरी टोलीले पहिरो पन्छाएपछि बिहान ८ बजे ३५ मिनेटमा दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिनुभयो । 

 

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ९ : ४० बजे