चट्याङ लागेर तीन जानको मृत्यु

रौतहट । रौतहटको गरुडा नगरपालिका–३ मलामी टोलमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ ।

धान खेतमा काम गर्ने क्रममा परेको चट्याङ लागि स्थानीय  ३९ वर्षीय सुनिता देवी,२९ वर्षीय जगिया कुमारी र १८ वर्षीय  मुनिका कुमारीको मृत्यु भएको हो ।

चट्याङ लागेर गम्भीर  घाइते  हुनुभएकी ४० वर्षीय सहेली देवीको गरुडा स्थित सिटी हस्पिटलमा उपचार भइरहेको र उहाँको अवस्था चिन्ताजनक रहेको ईलाका प्रहरी कार्यालय गर्बुजाले जनाएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  १२ : ३२ बजे