आज कक्षा १२ को नतिजा सार्वजनिक हुने

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आजै सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ । 

सोही कार्यका लागि आज ३:३० बजे परीक्षा बोर्डका बैठक बोलाइएको छ ।

बोर्डका प्रशासन महाशाखा प्रमुख जंगबहादुर अर्यालका अनुसार सम्भवतः आजै परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

बोर्ड आजै मात्र मोबाइलमार्फत नतिजा हेर्न भनेर लिंक पनि सार्वजनिक गरेको छ ।

कक्षा १२ को नतिजा सजिलैसँग प्राप्त गर्नको लागि Landline/Mobile बाट १६०१ डायल गरी निर्देशन अनुसार SYMBOL NUMBER थिच्नुहोस् वा SMS बाट NEB टाइप गरी १६०१ मा पठाउनुहोस्। https://neb.ntc.net.np बाट पनि नतिजा हेर्न सकिन्छ। 

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  १२ : १३ बजे