बाढीको स्थितिमा सुधार

ककपिटमा झगडा गर्ने पाइलट निलम्बनमा

पेरिस – ककपिटमा झगडापछि  एयर–फ्रान्सका दुई पाइलटलाई निलम्बन गरिएको छ । जेनभाबाट पेरिसका लागि उडेको एयरबस ए ३२०मा  क्याप्टेन र फस्ट अफिसरबीच मुक्का हानाहान भएको थियो । होहल्लापछि उडान दलका अन्य सदस्यहरुले हस्तक्षेप गरेका थिए । 

विमान सुरक्षित ढंगल अवतरण नहुन्जे उडान दलका एक सदस्य ककपिटमा बसेका थिए । तर, उक्त दुर्घटनाले उडानलाई असर नगरेको उक्त एयरलाइनले जनाएको छ । 

उक्त घटनाबारे फ्रान्सको वायु अनुसन्धान निकायले अध्ययनपछि एक रिपोर्ट प्रकाशित गरेको थियो । 

एजेन्सी

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ८ : ३७ बजे