राष्ट्रपतिले एमालेका नेताहरुलाई छलफलमा बोलाउनुभयो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले  छलफलका लागि नेकपा एमालेका नेताहरुलाई बोलाउनुभएको छ ।

सोमबार साँझ ५ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा आउने गरी उहाँले एमालेका नेताहरुलाई बोलाउनुभएको हो । पार्टीका अध्यक्ष ओली अस्वस्थताका कारण उपस्थित हुन नसक्ने भएकाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसहितका नेताहरु राष्ट्रपति कार्यालय जाने तयारीमा छन् ।

राष्ट्रियसभाको विधायन समितिमा छलफलको अवस्थामा रहेको नागरिकता विधेयकमाथि छलफलका लागि बोलाएको हुन सक्ने आंकलन गरिएको छ ।

यसअघि राष्ट्रपति भण्डारीले नेपाली कांग्रेस र लोसपाका नेताहरुसँग समेत छलफल गर्नुभएको थियो ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ४ : ५४ बजे