२२६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट ४०११ नमूना परीक्षण गर्दा २२६ जनामा संक्रमण पुष्टि भएको हो। आइतबार ३३११ संक्रमित रहेकामा सोमबार २२३ जना निको भएका छन्।  

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १५२५ र एन्टिजेनबाट २४८६ नमूनाको परीक्षण गर्दा पीसीआरबाट १४५ र एन्टिजेनबाट ८१ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ४ : ५२ बजे