प्रधानमन्त्रीसहित कंग्रेस नेताहरू शितल निवासमा

 काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासहितका कांग्रेस नेता राष्ट्रपति कार्यलय शितल निवास पुग्नुभएकाे छ । 

कंग्रेस सभापतिसमेत रहेका देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सोमबार दिउँसो शितल निवास पुग्नुभएकाे हाे । 

संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाले पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाउनुभएको विधेयकलाई प्रमाणिकरणका लागि आग्रह गर्ने काँग्रेस स्रोतको भनाई छ । 

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  २ : ३८ बजे