‘एउटै नाउरको सिकार गर्न २३ लाख’

चलचित्र ‘प्रकाश’को उत्साहजनक व्यापार

काठमाडौँ – शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘प्रकाश’ ले उत्साहजनक व्यापार गरेको छ ।

चलचित्र ‘प्रकाश’ मा अभिनेता प्रदीप खड्का र अभिनेत्री दिया मास्केको अभिनयलाई दर्शकले रुचाएका छन् ।  कर्णालीको कथामा आधारित उक्त चलचित्रको निर्देशन दिनेश राउतले गरेका हुन् ।

शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘प्रकाश’ को विभिन्न हलहरूमा  शनिवार २६ वटा भन्दा बढी शो थियो भने अधिकांश शोहरू हाउस फूल चलिरहेका छन् । व्यापार उत्साहजनक भएपछि अधिकांश सिनेमा हलहरूले शोहरू थपेका छन् । 

केही दिन अघि मात्र चलचित्र ‘प्रकाश’ का टिमले पत्रकार सम्मेलन गरी आफूहरूलाई सिनेमा हलहरूले शो नदिएको भन्दै आक्रोशित भएका थिए । 

दर्शकहरूको चाप बढ्दै गएपछि सिनेमा हलहरूले साँझको शो समेत थपेका छन् ।

हेर्नुहोस् चलचित्र ‘प्रकाश’को ट्रेलर:​​​​​​​​​​​​​​

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  १२ : ४९ बजे