‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

आँगनबाट धकेलेर आफ्नै छोराले गरे बुवाको हत्या

रुपन्देही । आफ्नै बुबा ५१ वर्षीय प्रेम प्रसाद पुनको हत्या गरेको अभियोगमा प्रहरीले उनको छोरालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा देवदह नगरपालिका–१० दलदले बस्ने २७ वर्षीय दिपक पुन छन् । उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । 

आपसी झगडामा दिपकले आँगनबाट धकेल्दा प्रेम प्रसादको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

उक्त खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  १२ : ०३ बजे