त्रिविको समस्या तत्काल समाधान गर्न एमालेको माग, सभामुखद्वारा रुलिङ

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालयमा देखिएका समस्या समाधान गर्न सरकारलाई रुलिङ गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले त्रिविको समस्या समाधान गर्न रुलिङको माग गर्नुभएको थियो । उहाँका माग बमोजिम सभामुख सापकोटाले त्रिविमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिनुभएको हो । 

लामो समयदेखि त्रिविमा लागेको तालाबारे उपकुलपतिसहितको जवाफ मागेका सांसद ज्ञवालीले समस्या समाधानमा सरकारले पहल नगरेको आरोप लगाउनुभयो । 

समस्या समाधानका लागि रुलिङ जारी नभएसम्म बैठक चल्न नसक्ने बताउँदै एमालेका सांसद उठेर विरोध जनाएपछि सभामुख सापकोटाले सरकारको नाममा रुलिङ गर्नुभएको हो। 

 

 

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ११ : ४१ बजे