मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ बसपार्कमा गए राती मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१३ का ३० वर्षीय प्रमात्मा तिवारी रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा बनेपा स्थित शिर मेमोरियल अस्पतालमा मृत्यु भएको हो । 

पनौतीबाट खोपासीतर्फ जाँदै गरेको बा ६० प ५२४३ नम्बरको मोटरसाइकल गए राती पौने १२ बजे अनियन्त्रित भई सडकको भित्तामा ठोकिएको प्रहरी चौकी पनौतीले जनाएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ११ : ३६ बजे