कर्णालीका सबै माओवादी सांसद मन्त्री, आज दुई मन्त्रीको शपथ

सुर्खेत । कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले आज शपथ लिँदै हुनुहुन्छ ।

रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यले कर्णाली प्रदेश सरकारको मन्त्री पदको शपथ लिनुहुने भएको हो । सो शपथ लिएसँगै कर्णाली प्रदेशका सबै ११ माओवादी प्रदेश सांसद मन्त्री हुनुभएको छ ।

माओवादीले सबै सांसदलाई भागवन्डा दिन आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंहलाई राजीनामा दिन लगाएको थियो । सो निर्देशनसँगै मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष दुई मन्त्रीले आइतबार राजीनामा दिनुभएको थियो । रिक्त दुई पदमा दुई सांसदले मन्त्रीको शपथ लिने बुझिएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ७ : २३ बजे