‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

बाको हातखुट्टा बाँधेर छोरी बलात्कार गर्ने १८ वर्षपछि पक्राउ

इटहरी । सुनसरीमा १४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरी फरार रहेका आरोपीलाई प्रहरीले १८ वर्षपछि पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता, डीएसपी राजकुमार राईका अनुसार २०६१ मंसिर २३ गते रातको समयमा इनरुवा २ मा १४ वर्षीया बालिकालाई सुरज बिकसहितको समूहले आफ्नै घरमा सामूहिक बलात्कार गरेको थियो । प्रहरीका अनुसार ४र५ जनाको समूहले बालिका बलात्कार गरेपनि बिक फरार रहँदै आएका थिए ।

घरमा सुतेको अवस्थामा पीडित बालिकाका बुबा–आमालाई हात खुट्टा तथा मुखमा पट्टी बाँधेर बालिकालाई सामूहिक बलात्कार गरी अचेत अवस्थामा छाडेर फरार भएको खुलेको डीएसपी राईले बताए ।

उनका अुनसार सर्वोच्च अदालतबाट प्रतिवादी सुरज विश्वकर्माको ९ वर्ष ५ महिना १९ दिन कैद भुक्तान तोकेको थियो । कैद भुक्तान गर्न बाँकी रहेकालाई खोजतलास गर्ने क्रममा विश्वकर्मालाई २०७९ भदौ ५ गते बराहक्षेत्र नगरपालिका वडा नं। ५ भरौलबाट पक्राउ गरिएको हो ।

फरार प्रतिवादीलाई कैद भुक्तानको लागि झुम्का कारागार पठाइएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आर्थिक वर्ष २०७९।८० मा ६७ जना फरार प्रतिवादीलाई पक्राउ गरी कानूनी दायरामा ल्याइएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ३ : ३० बजे