विद्यार्थी बेहोस हुन थालेपछि बागलुङको विद्यालय बन्द

बागलुङ । बागलुङमा विद्यार्थी बेहोस हुन थालेपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ ।

बागलुङ–बरेङ गाउँपालिका–३ स्थित बाटाकाचौरको शारदा माध्यमिक विद्यालयका विद्यार्थी एकाएक बेहोस हुन थालेपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको हो ।

प्रधानाध्यापक देवीदत्त पौडेलका अनुसार विद्यार्थीहरू चिच्याउने, टाउको दुख्ने, एकोहोरो भएर टोलाउने, बरबराउने जस्ता कार्य गरी बेहोस हुन थालेपछि विद्यालय बन्द गर्नु परेको हो ।

 

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  १० : ०४ बजे