पिपुल्स पावरको आइपिओ आज बाँडफाँट हुँदै

काठमाडौँ । पिपुल्स पावर कम्पनीको आइपिओ आज बाँडफाँट हुँदै छ । 

बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आफ्नै कार्यालय कमलादी काठमाडौँमा दिउँसो २ बजे आइपिओ बाँडफाँट गर्ने तयारी भएको छ । यसको प्री– अलोटमेन्ट गत बुधवार नै सम्पन्न भइसकेको छ । 

यसमा मागभन्दा ७।९३ गुणा बढी आवेदन परेको छ । यसर्थ गोला प्रथाबाट आइपिओ बाँडफाँट हुनेछ । जसमा २ लाख २९ हजार ४६८ जनाले मात्र सेयर हात पार्नेछन् ।

बाँकी १३ लाख ७६ हजार ६४१ जनाको भने हात खाली हुनेछ । यसमा कुल १६ लाख ६ हजार ११० जनाले १ करोड ८२ लाख १९ हजार ७० कित्ताका लागि आवेदन दिएका छन् । कुल १ अर्ब ८२ करोड १९ लाख ७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । 

कम्पनीले साउन ३१ गतेबाट भदौ ५ गतेसम्म सर्वसाधारणका लागि २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता आइपिओ जारी गरेको थियो । 

 

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ९ : ४८ बजे