‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

ट्युसन पढ्न आएकी किशोरीलाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

बैतडी । बैतडीमा बलात्कारको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।

ट्युसन पढ्न आएकी किशोरीलाई बलात्कार गरेको आरोपमा मेलौली नगरपालिका– ३ स्थित प्रिति माविका शिक्षक किशोर जोशी पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार किशोरीका आफन्तको मौखिक उजुरीका आधारमा शिक्षकलाई नियन्त्रणमा लिइएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको बैतडी प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  ५ : २० बजे