मेरा बा अनाैठा थिए
आफ्नाे "क" लेख्ने ढंग थिएन
मलाई मास्टर बनाए
आफूले रक्सी घुड्काएर
मलाई खान हुन्न भन्थे !
आफूले जाल हान्थे
मलाई माछा टिप्न सिकाए ।
मेरा बा
रिसाहा थिए
कहिलेकाहीँ आमालाई थर्काउँथे
तर हाम्लाई
ज्ञानी हुनुपर्छ भनी पाठ घाेकाउँथे !
घरिघरि कुन सुरमा हाे !
बुङ्बुङ्ति धूमपानकाे धूँवा उडाउँथे
चुराेट सल्काउन अह्राए पनि
बाबू !
चुराेट नखा है भनेर रामायण पढाउँथे !
मेरा बा !
जाती थिए
माछाकाे टाउकाे खाएर पुच्छर खुवाउँथे
कराहीमा माछालाई बगाउन तिनाउ खनाउँथे
भन्थे, साइँला थाेरै सन्तान गराउनू !
आफू नाै सन्तानका बा बनेका भूले ?
मेरा बा !
भाैतिक रूपमा मसँग छैनन्
मास छर्न गएका हुन् ढाई दशकअघि
उनका गतिला फुटा छैनन् !
तर पनि
मेरा बाकाे तस्वीर
मनकाे क्यामेराले खिचेर राखेकाे छु ।
प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार १ : ५५ बजे
प्रतिक्रिया