साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

छहारी गजल सङ्ग्रह सार्वजनिक

काठमाडौँ । युवा गजलकार नवराज पौडेलको पहिलो गजल सङ्ग्रह ‘छहारी’ सार्वजनिक भएको छ । 

शनिबार आयोजित गजल सङ्ग्रहको विमोचन कार्यक्रममा वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले गजलकार बन्न इतिहास, भूगोल, संस्कृतिलगायत विषयमा जानकारी हुनुपर्ने बताउनुभयो । 

गजलको लोकप्रियता घटेको नभई लेख्ने मानिस कम भएकाले घटेजस्तो देखिएको उहाँले बताउनुभयो । साहित्यको गजल विधाले मुक्तक विधालाई पनि वातावरण दिएको गजलकार पौडेलको भनाइ थियो । 

सङ्ग्रहका लेखक पौडेलले प्रहरी सेवामा रहेर देश सेवा गरेर बाँकी रहेको समयमा देखे भोगेका कुरा गजलमा उतार्ने गरेको बताउनुभयो । कार्यक्रममा गजलकार एवं मुक्तककार रमेश पौडेललगायतले नव गजलकार पौडेललले समाजमा देखिने विभिन्न गतिविधिलाई गजलमा उतार्नुभएको बताउनुभयो ।
 

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  ७ : ०५ बजे