यीसानै उमेर् देखि मन् हर्न लागे
यीनै सुन्दरीले जुलुम् गर्न लागे
कहाँसम्मको आँट लौ हेर तिन्को
रिसाएर आँखा पनि तर्न लागे
एकैपल्ट आँखा घुमाई दिनाले
कती मर्न लागे कती डर्न लागे
सुनिस् मन् मुनियाँ बडा होस राखेस्
बिछाएर जाल् कागुनो छर्न लागे
बिराना र आफ्ना नराम्रा र राम्रा
सबै सुन्दरीका अघि सर्न लागे
अघि पर्न सक्दीनँ मैले हरीका
नजरदेखि ‘मोति’ पनि झर्न लागे
**** *** ***
दुई आँखिभौँ त तयार छन् तरबार पो किन चाहियो
तिमी आफू मालिक भैगयौ सरकार पो किन चाहियो
पहरा कडा छ कटाक्षको हरदम तयार मुहारमा
घर भन्नु भारि महल न हो दरबार पो किन चाहियो
कति चम्किलो छ हँसाइको हिसिमा किरन पनि दाँतको
मणि मोती नीर जुहार न हो अरु हार पो किन चाहियो
प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार १ : ३६ बजे
प्रतिक्रिया