एमाले पोलिटब्युरो बैठक सुरु 

काठमाडौँ । नेकपा (एमाले) को पोलिटब्युरो बैठक सुरु भएको छ । 

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा पोलिटब्युरो बैठक अहिले केही बेरअघि सुरु भएको  एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । 

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार केन्द्रीय कमिटीमा पेस गर्ने राजनीतिक प्रतिवेदनबारे जानकारी गराउनुहुनेछ । भदौ १० र ११ गते पार्टीको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । 

यही भदौ ७ गते बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरेको थियो । 

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहिबार  १२ : ०१ बजे