‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

काँडाघारीमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ काँडाघारीमा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

सूर्यमुखी चोक डेरा गरी बस्ने काभ्रे नमोबुद्ध नगरपालिका–९ घर भएका ४९ वर्षीय सन्त सिंह लामाको कोठामा जुवातास खेलिरहेका उनीहरूलाई बुधवार पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

विशेष सूचनाको आधारमा प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७८ हजार ५ सय ४० रुपैयाँ र २४ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।      

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहिबार  ११ : ५५ बजे