गोकुल बास्कोटाको प्रश्न: राष्ट्रपतिको राजीनामाको होहल्ला परमादेशीले चाहेको कि, दिए कति सजिलो हुन्थ्यो भन्ठानेको ?

​​​​​​​काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्व मन्त्री गोकुलप्रसाद बास्कोटाले सत्तारुढ गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले राजीनामा दिने हल्ला फैलाएको आरोप लगाउनुभएको छ । 

विभिन्न मिडियामा काँग्रेसका नेतालाई उद्धृत गर्दै राष्ट्रपति भण्डारीले नागरिकता विधेयकलाई लिएर राजीनामा दिने मनस्थिति बनाएको भन्ने समाचार आएपछि नेता बास्कोटाले सामाजिक सञ्जालमार्फत उक्त प्रतिक्रिया दिनुभएको हो । 

“राष्ट्रपतिको राजीनामाको होहल्ला परमादेशीले चाहेको कि दिए कति सजिलो हुन्थ्यो भन्ठानेको?”,  नेता बास्कोटाले आज सामाजिक सञ्जाल ट्विटरमा लेख्नुभएको छ, “नागरिकता हाम्रा नागरिकको नैसर्गिक हक हो, फुटपाथमा बेच्न राखेको ललिपप होइन ।”

उहाँले नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रियसभामा सहमति गर्न सकिने समेत बताउनुभएको छ  । 

“सत्तापक्ष राष्ट्रियसभाबाट सही सहमतिमा पुग्न तयार भए भैगो नि ! संसारका राष्ट्रपति देश हितका लागि लडेको इतिहास छ, भागेको छैन”, उहाँले लेख्नुभएको छ  । 

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहिबार  ९ : ३७ बजे