सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै, सिटौला उपस्थित नहुने 

काठमाडौँ । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँटको लागि सत्तारुढ गठबन्धनले गठन गरेको कार्यदलको बैठक आज बस्दै छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बिहान ९ः०० बजेबाट सुरु हुने कार्यदलका सदस्य मिहलाल पूरीले जानकारी दिनुभएको छ । 

कार्यदलका संयोजक तथा नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला भने बैठकमा अनुपस्थित रहनुहुने भएको छ । कोरोना भाइरसको सङ्क्रमण भएका कारण उहाँ बैठकमा अनुपस्थित हुनुहुने भएको हो। 

कार्यदलको बैठक बालुवाटारमा पटक पटक बस्दै आए पनि सत्तारुढ दलहरुबीच सिट बाँडफाँटमा कुरा मिल्न सकेको छैन । 

 

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहिबार  ७ : २२ बजे