झापामा १७ वर्षीया किशोरी बलात्कृत

झापा ।​​​​​​​ झापामा एक जना १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् । 

ती किशोरीलाई बलात्कार गरेको अभियोगमा बुद्धशान्ति गाउँपालिका–१ बस्ने ३२ वर्षीय उज्वल खुलाललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

उज्वलले ती बालिकालाई २०७८ माघ १० गते राती बुद्धशान्ति गाउँपालिका–१ पुलचोकस्थित होटल र पुनः इलाम हर्कटेस्थित होटलमा लगि बलात्कार गरेको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ४ : २७ बजे