मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–२ हङकङ डाँडामा गए राती मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय २२ वर्षीय अञ्जन बलमपाकी रहेका छन । उपचारका क्रममा आज बिहान सवा ८ बजे किष्ट अस्पताल ललितपुरमा उनको मृत्यु भएको हो । 

गए राती सवा १२ बजे औरहीबाट बर्दिबासतर्फ जाँदै गरेको प्रदेश २–०३–००२ प ५७०६ नम्बरको मोटरसाइकल रोकेर शौच गर्दै गरेका बलमपाकीलाई नम्बर खुल्न नसकेको मोटरसाइकलले ठक्कर दिएको थियो । 

फरार रहेको मोटरसाइकलमा पछाडि सवार महोत्तरीको गौशाला नगरपालिका–१ का २४ वर्षीय अशोक राउतलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । 

दुर्घटना पश्चात् मोटरसाइकल लिएर फरार रहेका दुई जनाको भने खोजी भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । 

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  १२ : ०१ बजे